Technology
अठार महिनामा ६ लाखको ट्वीटर एकाउन्ट बन्द
शनिबार, १२ चैत २०७३ गते प्रकाशित

चैत्र–१२ । सामाजिक सञ्जाल ट्वीटरले १८ महिनाको अवधिमा ६ लाखभन्दा बढी ट्वीटर एकाउन्ट बन्द गरेको छ ।
प्रविधिको क्षेत्रमा काम गर्दै आएको सिएनईटीले प्रकाशित गरेको एक रिपोर्टमा ट्वीटरले १ अगष्ट २०१५ देखि हालसम्ममा ६ लाख ४० हजारभन्दा बढी आतंककारीसँग सम्बन्धित शंकास्पद एकाउन्ट खारेज गरेको जनाएको हो ।
सन् २०१६ को सुरुमै ट्वीटरले आतंककारी संगठन इस्लामिक स्टेटको १ लाख २५ हजार एकाउन्ट बन्द गर्ने घोषणा गरेको थियो । आफू आतंकवादको विरोधमा रहेको भन्दै ट्वीटरले हिंसाको प्रचारविरूद्ध कडा नियम बनाई काम भइरहेको जनाएको छ ।
–एजेन्सी
आतंककारी
ट्वीटर एकाउन्ट
शंकास्पद एकाउन्ट
सिएनईटी