मनोरञ्जन

चिसियो एश्वर्या - करण सम्बन्ध

चिसियो एश्वर्या - करण सम्बन्ध
चैत १२ । अभिनेत्री एश्वर्या राय वच्चन र निर्देशक करण जोहरबीचको सम्बन्धमा चिसोपना आएको छ । बिग्रियको सम्बन्ध सुधार्नका लागि दुबै अघि नसरेको भारतीय सञ्चार माध्यमले जनाएको छन् । करण र एश्वर्याबीच फिल्म ‘ए दिल है मुश्किल’ को प्रचारको समयमा नै चिसोपना आउन सुरु भएको थियो ।
ए दिल है मुश्किलको सुटिङ सकिए लगत्तै अनुष्का आफ्नै प्रोजेक्टमा व्यस्त थिइन् । उनले पूर्ण रुपमा प्रचारको लगि उनी समय दिन पाउदिनथिइन् । करण यो चाहदैनथे की एश्वर्या अनुष्काबिना फिल्मको प्रचार एक्लैले गरोस् । त्यस्तै कारण एश्वर्या फिल्मको लिड एक्ट्रेस हो भन्ने भ्रम दर्शकलाई नपरोस् भन्ने पनि चाहन्थे । त्यसैले अनुष्कालाई प्रचारको काममा लाग्नको लागि अनुष्कालाई फकाउने गर्दथे । करणको यो व्यवहार एशवर्यालाई पचेको थिएन । फिल्म ‘ए दिल है मुश्किल’ को सफलत पछि करणले एश्वर्यालाई अर्को फिल्मको अफर गरे तर एश्वर्याले उक्त अफरलाई सिधैँ नकारिन् । त्यसपछि उनीहरुबीचको दूरी बढ्दै गयो । पछिल्लो हप्ता एश्वर्याका पिता कृष्णराज रायको देहावसान भयो । उक्त समयम बलिउडका विभिन्न स्टारहरु एश्वर्याका पिताको श्रद्धाञ्जलीमा करण भने पुगेनन् । करणकी आमा हीरु जोहरको उपस्थिती थियो भने करणको चाहीँ थिएन ।

Karan Johar

विशेष