समाज

बारामा २९७ मतदान केन्द्र

बारामा २९७ मतदान केन्द्र
चैत  - १२ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ । वि।सं। २०६८ को जनगणनाअनुसार तीन लाख ५१ हजार २४४ पुरुष र तीन लाख ३६ हजार २६४ महिला गरी कुल ६ लाख ८७ हजार ७०८ जनसंख्या रहेको बारा जिल्लामा दुईओटा उपमहानगरपालिका, चारओटा नगरपालिका र ९ ओटा गाउँपालिका रहेका छन् । जिल्लामा एक लाख ८६ हजार १४६ पुरुष, एक लाख ५० हजार ८४२ महिला र ५१ जना तेस्रोलिंगी गरी कुल तीन लाख ३७ हजार ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफले बताए । विगत २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा दुई लाख ९६ हजार ५२८ जना मतदाताले २९७ ओटा मतदान केन्द्रबाट मतदान गरेका थिए ।

nirbachan

विशेष