समाज

कैलालीमा सवारी दुर्घटना २ जनाको मृत्यु १ घाइते

कैलालीमा सवारी दुर्घटना २ जनाको मृत्यु १ घाइते
चैत्र १३ । कैलालीको गौरीगंगामा हिजो बेलुकी साढे ७ बजे से ५ प २०७१ नम्बरको मोटरसाईकललाई लु ३ त ५०३२ नम्बरको ट्याक्टरले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । त्यस्तै १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा सवार घोडाघोडी ५ का २५ वर्षिय प्रकाश चौधरी र २४ वर्षिय हरि नारायण चौधरी रहेका छन् । उनीहरुको उपचारको क्रममा सेती अंचल अस्पतालमा उपचारको क्रममा राती सवा ९ बजे मृत्यु भएको हो । सोही दुर्घटनमा मोटरसाईकलमा नै सवार २४ वर्षिय रामलाल चौधरी भने गम्भिर घाईते भएका छन् । उनलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यलय चौमालाले नियन्त्रमा लिएको छ

विशेष