खेल

विश्वकप छनोटमा बुल्गेरियाले नेदरल्याण्डलाई हरायो, फ्रान्स र पोर्चुगल विजयी

विश्वकप छनोटमा बुल्गेरियाले नेदरल्याण्डलाई हरायो, फ्रान्स र पोर्चुगल विजयी
चैत्र १३ । विश्वकप फुटबलको युरोपेली छनोटमा अन्तर्गत गएराति भएका खेलमा पोर्चुगल र फ्रान्स विजयी भएका छन् । समुह ए को शीर्ष टोली फ्रान्सले लक्जमवर्गलाई ३–१ ले पराजित गर्दा समुह बी मा रहेको पोर्चूगलले हंगेरीलाई ३–० ले हरायो । फ्रान्सको जितमा ओलिभर जिराउडले दुई तथा एन्टोनी ग्रिजम्यानले एक गोल गरे । सोही समुहको अर्को खेलमा बुल्गेरियाले नेदरल्याण्डलाई २–० ले स्तब्ध र्पायो । पछिल्लो हारले अन्तर्रा्ष्ट्रिय फुटबलमा खराब प्रर्दशन गर्दै आएको डच टोलीका विश्वकप छनोटको सम्भावना कमजोर बनेको छ । समुह एच को शीर्ष स्थानका रहेको बेल्जियमले ग्रिकसंग १–१ गोलको बराबरी खेल्यो । खेल सकिन एक मिनेट बाँकी छँदा रोमेलु लु्काकुले गोल गर्दै बेल्जियमको हार टारेका थिए ।

Fifa Qualifers

विशेष