मनोरञ्जन

१८ वर्ष अघिदेखि भात नखाएका राजेश हमाल

१८ वर्ष अघिदेखि भात नखाएका राजेश हमाल

अभिनेता राजेश हमाललाई भेट्न कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । मौकाले एउटा रेष्टटुरेन्टमा जुर्यो । भेटपटि उनको जीवनको अन्तररंंको पाटो खोतल्ने हुटहुटी भयो । सुरुमा सोचे फिल्मको हिरोसँग फिल्मकै बात गरौं । तर, फेरि सोचे हमालको फिल्मी जिन्दगी त मिडियामा धेरै छाइसक्यो । नयाँ खासै के होला र ? अनि उनको शिरदेखि पाउ सम्म नियाले ।

उमेरले ५० लागिसकेका हमालको शरिरमा खासै बुढ्यौंली देखिदैन । मेरो एकोहोरो हेराईमा हमाल पनि केन्द्रित भए । उनको फिट एण्ड फाइनको राज खासै बाहिर आएको छैन ।

हमालका सहयोगी दीपेन्द्र महतोको अर्डरमा टेबलमा कफी आइपुग्यो । एउटा कप छुट्याँदै वेटरले भने यो चिनी नहालेको । दीपेन्द्रको त्यो कप हमाल तीर सार्दै चिनी नखाने बानीबाटै अब हमालको लाइफ स्टाइल खोल्न मलाई ढोका खुल्यो । कहिलेदेखि चिनीविनाको कफी दाई ? मेरो प्रश्नको जवाफ फर्काए, कफीमा मात्रै होइन गुलियो, नुनिलो, पिरो र चिल्लो छाडेको धेरै वर्ष भयो, उनले थप सुनाउन थाले ।

वर्षोदेखि भातै छाडेको यथार्थ युगदेखि युगसम्म काम गर्दा देखि नै भात खान कम गर्दै आएका थिए । चिया, चाउचाउ, अण्डालगायत खाएर भोक टार्थे भात खान छाडेको स्वास्थ्यमा धेरै फाइदा हुन थाल्यो । त्यसपछि भातै खान छाडेको १८ वर्ष भयो उनले सुनाए ।

कसैको सल्लाहले हैन आफ्नै अनुभवले भात खान छाडेका रहेछन् हमालले । भात त्यागेपछि पेट बढन् रोकिएको र शारिरिक स्फूर्ति बढेको हमाल बताउँछन् ।

नयाँ पत्रिका

Rajesh Hamal

विशेष