समाज

जाजरकोट बस दुर्घटनाका घाईतेले अझै क्षतिपूर्ति पाएनन्

जाजरकोट बस दुर्घटनाका घाईतेले अझै क्षतिपूर्ति पाएनन्

दीपबहादुर घर्ती जाजरकोट, चैत्र १३ । जाजरकोटमा २७ जनाको ज्यान जानेगरी गत फागुन २६ गते भएको बस दुर्घटनामा सरकारले ब्यवास्था गरेको भन्दै जिल्लाबासी आक्रोशित भएका छन् ।

बस दुर्घटनाका पीडित परिवारले राखेका कुनै पनि मागहरु हाल सम्म पुरा नभएको भन्दै जिल्लाबासी आक्रोशित भएका हुन् । नेपाल सरकारले बस दुर्घटनाको उच्च स्तरीय छानबीन समिति गठन गर्नु पर्ने, बस दुर्घटनाका मृतक परिवारलाई यात्रु बीमा कम्पनीले ५ लाख रुपैया दिनु पर्ने, बस ब्यबसायी समिति र बस मालिकले तीन दिन भित्रै मृतकका परिवारलाई क्रिया खर्च वाफत एक लाख रुपैया दिनु पर्ने बस दुर्घटना भएको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले निर्णय थियो तर, उक्त निर्याणहरु १९ दिन विति सक्दा पनि कार्यन्वयन नभएको पीडित परिवारहरुको आरोप छ ।

बस दुर्घटनाको सरकारले उच्च स्तरीय छानबीन समिति गठन गर्नु माग सहितको निर्णयलाई गृहमन्त्रालय मार्फत नेपाल सरकारलाई आफुले अनुरोध गरिसकेको तर, सरकारले हाल सम्म कुनै जानकारी नदिएको प्रजिअ कृष्णचन्द्र पौडेलले जानकारी दिए । मृतकका आफन्तजनलाई क्रिया खर्च वाफतको एक लाख रुपैया दिने भनिएको भएता पनि ५० हजार दिने तयारी भैरहेको प्रजिअ पौडेलले वताए ।

प्रजिअ पौडेलले दिएको जानकारी अनुसार हाल सम्म ८ जना पिडित परिवारले क्रिया खर्च वाफतको ५० हजार रुपैया बुझि सकेका छन् । ५० हजार बुझ्नेहरुमा लक्ष्मी सुनार, गोपाल सुनार, रामबहादुर सुनार, कल्पना गन्दर्भ, रुपबहादुर नेपाली, धनपति चदारा र रामबहादुर तिरुवाले दुई जनाको बुझेर लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

५० हजार लिनका लागि मृत्यु दर्ताको प्रतिलिपी, नाता प्रमाणितको प्रतिलिपी र गाविस तथा नगरपालिकाको सिफारिस हुनु पर्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले जानकारी दिए । बीमा कम्पनीवाट मृतक परिवारले यात्रु बीमा वाफतको ५ लाख रुपैया पाउनका लागि अझै तीन महिना लाग्ने जनाईएको छ ।

बस दुर्घटना भएकै दिन जिल्ला दैविक उद्धार समिति मार्फत जिल्ला विकास समिति जाजरकोटले तीन लाख रुपैया उद्धार कार्यमै खर्च गरिसकेको छ । बस दुर्घटनामा घाईते भएका ३५ जना मध्य १० जना अझै पनि उपचारकै क्रममा रहेका छन् भने बाँकी सवैलाई अस्पतालले डिसचार्ज गरिसकेको छ । १९ दिन सम्म उपचारकै क्रममा रहेका घाईतेहरुमा काठमाण्डौं टिचिङ हस्पिटलमा प्रताव गिरी, सुजन गिरी, सन्तोष मल्ल र टेकबहादुर वटाला रहेका छन् भने, नेपालगंज मेडिकल कलेजमा मिलबहादुर राना, तुले तिरुवा, जयसरा रावत, टोपबहादुर चन्द र लक्ष्मण राना रहेका छन् । त्यसैगरी नेपालगंज भेरी अस्पतालमा डिला दमाई रहेका छन् ।

Jajarkot Accident

विशेष