ताजा खबर

एयर अरेबियाको विमान काठमाडौँमा ठुलो दुर्घटनाबाट जोगियो

एयर अरेबियाको विमान काठमाडौँमा ठुलो दुर्घटनाबाट जोगियो

चैत्र १३ । त्रिभुवन विमानस्थलबाट १८२ जना यात्रु लिएर सारजाहका लागि उडेको एउटा जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ ।

शुक्रबार मध्यराति त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमै चरो ठोक्किएपछि भारतको लखनउस्थित विमानस्थलमा चालक दलका सदस्यले आपतकालिन अवतरण गराएर दुर्घटना टारेका थिए ।

एयर अरेबियाको उडान नम्बर जी ९५३२ को एयरबस ए-३२० जहाजमा त्रिभुवन विमानस्थलबाट उडेको केही बेरमै चरो ठोक्किन पुग्दा इन्जिनका केही ब्लेड ड्यामेज हुन पुगेका थिए ।

इन्जिनका ब्लेड ड्यामेज भएपनि चालक दलका सदस्यले लखनउ लगेर आपतकालिन अवतरण गराएपछि यो जहाज त्यहीँ ग्राउन्डेड हुन पुगेको छ ।

समाचार अनुसार एयरबस ए–३२० को अहिले लखनउ विमानस्थलमा मर्मत चलिरहेको छ । मर्मतपछि चाँडै नै यो जहाजले पुनः उडान सुचारु गर्ने एयर अरेबियाले जनाएको छ ।

Air Arebia

विशेष