खोटाङमा कृषि आधुनिकीकरण परियोजना लागू

चैत्र–१३ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ जिल्लामा लागू भएको छ ।
साना व्यावसायिक कृषि उत्पादन केन्द्रअन्तर्गत पकेट, ब्लक र जोन परियोजना शुरु गरिएको हो । कृषि पेशाको व्यवसायिकरण गर्दै जिल्लाको आर्थिक उन्नतिका लागि परियोजना शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाईले जनाएको छ ।
ब्लक परियोजना सञ्चालनका लागि अदुवा र बेसारको एउटा तथा अलैंचीको एउटा ब्लक निर्धारण गरिएको छ । यस्तै, दिक्तेल, नुनथला र दुर्छिमलाई मकैका लागि जोन परियोजना सञ्चालन गर्न छनोट गरिएको छ ।
परियोजना सञ्चालनका लागि जिल्लामा यस वर्ष करिब ८९ लाख बजेट विनियोजन गरिएको छ ।
खोटाङ
प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना