खेल

आश्विनको नाममा सर्वाधिक विकेटको कीर्तिमान

आश्विनको नाममा सर्वाधिक विकेटको कीर्तिमान

चैत्र–१३ । भारतीय क्रिकेट खेलाडी रवीचन्द्रन आश्विन एकै सिजनमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । अफ स्पिनर आश्विनले शनिबारदेखि धर्मशालामा सुरु भएको टेस्टमा अस्ट्रेलियन कप्तान स्टिभन स्मिथको विकेट लिँदै उक्त कीर्तिमान रचेका हुन् । अश्विनले दक्षिण अफ्रिकाका तीब्र बलर डेल स्टेनको कीर्तिमान भंग गर्दै एकै सिजन सर्वाधिक विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । स्टेनले २००७–०८ को सिजनमा ७८ विकेट लिएका थिए । अब उक्त कीर्तिमान २०१६–०१७ को सिजनमा आश्विनको रहनेछ । आश्विनले हालसम्म ७९ विकेट लिइसकेका छन् ।

कीर्तिमान क्रिकेट टेस्ट रवीचन्द्रन आश्विन

विशेष