समाज

बागलुङ जिप दुर्घटनामा एक जनाको मृत्यु

बागलुङ जिप दुर्घटनामा एक जनाको मृत्यु
चैत्र–१३ । ढोरपाटन नगरपालिका–१ मा ग२च ९११ नंको जिप दुर्घटना हुँदा अाइतबार एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी तमानखोला गाउँपालिका–५ का ३६ वर्षीया टीकमा विकको मृत्यु भएको छ । मृतक विकका तीन वर्षीय छोरा खगेन्द्र, सोही ठाउँका ६३ वर्षीय जसबहादुर विक र ४६ वर्षीया ज्ञानदेवी विक घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिए । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिप सडकबाट करिब २० मिटर तल तमानखोलामा खसेको थियो । जिप चालक ढोरपाटन नगरपालिका–२ का ध्रुव कुमाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । रासस

दुर्घटना बागलुङ

विशेष