‘दैनिक ८ सय नेपाली विदेश जान्छन्, चार जनाको शव आउँछ’

चैत १४ । वैदेशिक रोजगारीका लागि दैनिक सातसय देखि आठ सय नेपाली जाने गरेका छन् ।
चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसिया जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार आर्थिक वर्ष २०७१र०७२ सम्म वैदेशिक रोजगारीका लागि दैनिक १५ सय नेपाली जाने गरे पनि गत वर्षदेखि यो क्रम घटेको छ ।
नेपाल एयरलाइन्स कार्गो डेलिभरी अर्डर सेक्सनका कर्मचारी मुरारीप्रसाद अधिकारीका अनुसार एकैदिन १० वटासम्म शव नेपाल आउने गरेको छ । दैनिक सरदरमा चारजनाको दरले विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल आउने गरेको उनले बताए ।
नयाँ पत्रिका
Baideshik Rojgar
