खेल

एसीसी इमर्जिङ कपमा नेपालले ब्याटिङ गर्दै

एसीसी इमर्जिङ कपमा नेपालले ब्याटिङ गर्दै

चैत्र १४ । एसीसी इमर्जिङ टिम्स कपअन्तर्गत नेपालले ब्याटिङ गरिरहेको छ ।

बंगलादेशको शेख कमाल रंगशालामा पाकिस्ताने जस जितेर व्याटिङको निम्तो दिएको थियो । प्रतियोगितामा नेपाली टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्दैछन् ।

नियमित कप्तान पारस खड्का इन्जुरीका कारण समावेश नरहेको खेलमा वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी लगायतलाई पनि विश्राम दिइएको छ ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका अन्डर( २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया सहभागी छन् । समूह बीमा रहेको नेपालले पाकिस्तानसंगै बंगलादेश र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । समूह एमा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया छन् ।

Acc Emerging cup

विशेष