खेल

विश्वकप छनोटमा जर्मनीले अजरबैजानलाई हरायो

विश्वकप छनोटमा जर्मनीले अजरबैजानलाई हरायो

चैत १४ । विश्वकप फुटबल छनोटअन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले अजरबैजानलाई ४–१ ले हराएको छ ।

अजरबैजानमा भएको खेलमा पाहुना टोलीलाई विजयी गराउन आन्द्रे रुसेलले दुई गोल गरे । जर्मनीका लागि थोमस मुलर र मारियो गोत्जेले एक–एक गोल गरे । विश्वकप छनोटअन्तर्गत युरोपेली समूहकै अर्को खेलमा चेक गणतन्त्रले सान मारिनोलाई ६–० ले हराउँदा उत्तरी आयरल्याण्डले नर्वेलाई २–० ले हरायो ।

युरोपेली समुह एफ को खेलमा इङ्ल्यान्डले लिथुआनियालाई २–० ले हरायो । इङ्ल्यान्डको जितमा जेमाईन डेफो र जेमी भार्डीले एक–एक गोल गरे । यही समुहको अर्को खेलमा स्लोभाकियाले माल्टालाई ३–१ ले हराउँदा स्कटल्याण्डले स्लोभेनियालाई १–० ले हरायो ।

यसैगरी समुह ई को खेलमा पोल्याण्डले मोन्टेनेग्रोलाई २–१ ले हरायो । यसैगरी अर्मेनियाले काजखस्तानलाई २–० ले पराजित गर्दा डेनमार्कले रोमानियासँग गोलरहित बराबरी खेलेको छ ।

worldcup Qualifier

विशेष