खेल

नेपालद्वारा पाकिस्तानलाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा पाकिस्तानलाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत

चैत्र १४ । बंगलादेशमा आजबाट शुरु भएको एसीसी इमर्जिङ कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानको यू–२३ टिमलाई १८० रनको लक्ष्य दिएको छ ।

पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय ८० रन बनाएको छ । शेख कमल इन्टरनेशनल स्टेडियममा नेपालका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४३ रन बनाए उपकप्तान शरद भेषावकरले ३८ रन जोडे ।

पाकिस्तानका लागि गुलाम मुदासारले ५ विकेट लिए । यस्तै ओसामा मिरले २ विकेट झारे । अहिले पाकिस्तानले जवाफि व्याटिङ गरिरहेको छ ।

Emerging Cup

विशेष