समाज

जाजरकोटका कृषक भन्छन् तरकारी खेती गर्नसके बजारको समस्या छैन

जाजरकोटका कृषक भन्छन् तरकारी खेती गर्नसके बजारको समस्या छैन

दीपबहादुर घर्ती जाजरकोट, चैत्र १४ । खगेनकोट–६ बगाराकी चित्रकुमारी वटालाले वारीमा गरिएको तरकारी खेतीको बजार समस्या नभएको वताएकी छन् । विगत १५ बर्ष देखि तरकारी खेती गर्दै आएकी वटालाले पत्रकारसंगको कुराकानीमा यस्तो बताएकी हुन् ।

बारीमा उत्पादन गरेको तरकारीले नियमित बजार पाई राखेको वताउदै रुकुमको राडी, रग्दाको चौखा, भगवतीको तल्लु र खगेनकोटको बगारा, दल्ली कालीमाटीमा उत्पादन गरेर तरकारी पुर्याउनै नसकिने चित्रकुमारी वटालाले बताईन् ।

तरकारी खेतीवाटै आफ्नो घरपरिवाले जीवन निर्बाह गरिरहेको वटालाले बताईन् । तरकारी खेतीवाट भएको आम्दानीले तीन छोरा र एक छोरीलाई नीजि विद्यालयमा पढाई रहेको वटालाले जानकारी दिईन् । खगेनकोटको बगारामा आफुले मौषमी तथा बेमौषमी तरकारी खेती गर्दै आएका छौं उनले भनिन्–“बेमाषमी तरकारीमा टमाटर, काउली वन्दा, मसला बालीमा धनिया, लसुन, प्याज, कोशेवालीमा केराउ र चना खेती गर्नुका साथै आलु खेती पनि गर्दै आएका छौं ।”

तरकारी खेतीवाट एक सिजनमा ८० हजार देखि एक लाख ५० हजार सम्म आम्दानी गर्ने गरेको वटालाले जानकारी दिईन् । विगत १५ बर्ष देखी आफुले गर्दै आएको तरकारी खेतीमा हाल सम्म कुनै पनि रोग किराको समस्या झेल्नु नपरेको उनले जानकारी दिईन । तरकारी खेतीमा बाख्राको मलमात्र प्रयोग गर्ने गरेको वटालाले जानकारी दिईन् ।

बन्दा र काउलीको लागि भने, बाख्राको मल प्रयोग गर्ने गरेको भएता पनि निक्कै कम मात्रामा युरिया पनि प्रयोग गर्नु पर्ने वटालाले आफ्नो अनुभव सुनाईन ।

जाजरकाेट

विशेष