खेल

विश्वकप छनौट : नेदरल्याण्डसका प्रशिक्षक ब्लाइन्डलाई बर्खास्त

विश्वकप छनौट : नेदरल्याण्डसका प्रशिक्षक ब्लाइन्डलाई बर्खास्त
चैत्र–१४ । नेदरल्याण्डसले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक ड्यानी ब्लाइन्डलाई बर्खास्त गरेको छ । विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्डस बुल्गेरियासँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक बर्खास्त भएका हुन् । ब्लाइन्डले सन् २०१५ मा गुस हिड्डिन्कलाई प्रतिस्थापन गर्दै प्रशिक्षक बनेका थिए । पछिल्लो नतिजाले रुसमा हुने विश्वकपमा छनौट हुन कठिन भएको र टिममा परिवर्तनको खाँचो महसुस भएकाले ब्लाइन्डलाई बर्खास्त गरिएको डच फुटबल एसोसिएसनले जनाएको छ । मंगलबार हुने इटालीसँगको खेलमा फ्रेड ग्रिमले अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । ब्लाइन्डको प्रशिक्षणमा नेदरल्याण्डसले गएको वर्षको युरोकपमा पनि छनौट हुन सकेको थिएन र विश्वकप छनौटमा पनि खराब प्रदर्शन गरिरहेको छ ।

ड्यानी ब्लाइन्ड नेदरल्याण्डस प्रशिक्षक बर्खास्त विश्वकप छनौट

विशेष