खेल
साउन टेटले लिए क्रिकेटबाट सन्यास
सोमबार, १४ चैत २०७३ गते प्रकाशित

चैत्र–१४ । चर्चित अस्ट्रेलियन बलर साउन टेटले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
सन् २०१० मा इङ्ल्याण्डविरुद्ध लर्डस टेस्टमा १ सय ६१ दशमलव १ किलोमिटर प्रति घण्टाको गतिमा बल फ्याँकेर विश्व क्रिकेटमा आफ्नो धाक जमाएका टेट पछिल्लो समय कुहिनाको समस्याबाट पीडित थिए ।
सन् २००७ मा अस्ट्रेलियालाई विश्वकप जिताउन टेको उच्च योगदान थियो । उनले ११ खेलमा २३ विकेट लिएका थिए । लर्डसमा उनले गरेको बलिङ अन्तराष्ट्रिय क्रिकेटमा दोस्रो तीव्र बलमा गनिन्छ ।
सन् २००५ मा अन्तराष्ट्रिय डेब्यु गरेका टेटले अन्तिम अन्तराष्ट्रिय क्रिकेट गत वर्ष सिड्नीमा भारतविरुद्ध टी–२० मा खेलेका थिए । पाँच वर्षपछि पुनः मैदानमा फर्किएका उनले तीन टेस्ट र ३५ एकदिवसीय तथा २१ टि–२० खेलेका थिए ।
उनले इङ्ल्याण्डविरुद्ध टेस्टबाट गरेको पहिलो डेब्युमै तीन विकेट लिएका थिए । टेटले तीन टेस्टमा ५ विकेट तथा ३५ एकदिवसीयमा ६२ विकेट र २१ टि–२० मा २८ विकेट लिएका छन् ।
अस्ट्रेलिया
क्रिकेट
सन्यास
साउन टेट