एसीसी इमर्जिङ कप: पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित
चैत्र–१४ । बंगलादेशमा आजबाट शुरु भएको एसीसी इमर्जिङ कप क्रिकेटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानको यू–२३ टोलीसँग पराजित भएको छ । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४६ अाैं ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो ।
पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा १ सय ८० रन बनाएको थियो । शेख कमल इन्टरनेशनल स्टेडियममा नेपालका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४३ रन बनाए र उपकप्तान शरद भेषवाकरले ३८ रन बनाए ।
पाकिस्तानको लागि गुलाम मुदासारले ५ विकेट लिए । यस्तै ओसामा मिरले २ विकेट लिए ।
त्यस्तै जवाफि ब्याटिङमा फर्केको पाकिस्तानको लागि इमाम उल हकले शतक प्रहार गरे । त्यस्तै इम्रान बट्ले २१ रन तथा हम्मद अजामले २१ रन जोडे ।
नेपालको लागि सन्दीप लामिछाने र कप्तान ज्ञानेन्द्र मल्लले दुई–दुई विकेट लिए । नेपालले भोलि बंगलादेशसँग खेल खेल्ने छ ।
क्रिकेट
नेपाल
पाकिस्तान
बंगलादेश
सीसी इमर्जिङ कप