‘द कपिल शर्मा शो’लाई डिस्लाइक गर्नेको संख्या बढ्यो


कमेडियन द्वय कपिल शर्मा र सुनील ग्रोबरबीचको आपसी मतभेदले कमेड शो ‘द कपिल शर्मा शो’मा असर परिरहेको देख्न सकिन्छ । गुत्थी र डा. मशहुर गुलाटीलगायतका पात्रमा देखिएका अभिनेता ग्रोबर र कपिलबीचको लडाईँले शोको रौनकमा कमी आएको हो । अहिलेसम्म पनि सुनील शोबाट बाहिरिएको भने पुष्टि भइसकेको छैन । तरपनि पछिल्ला दुई एपिसोडमा सुनिल भने देखिएनन् । सुनील नदेखिएका दुई शोको युट्यव भिडियोमा नजर डुलाउने हो भने लाइकभन्दा डिस्लाइक गर्नेको संख्या धेरै देखिन्छ । सोमबार दिउँसोसम्म राजू श्रीवास्तवलगायतका कमेडियनका साथको ९३औँ एपिसोडमा २० हजार डिस्लाइक गरेका छन्, जवकि लाइक गर्नेको संख्या मात्रै ६ हजार आठ सय १६ छ । योभन्दा अघिल्लो मनोज वाजपेयीको साथमा गरिएको एपिसोडमा पनि लाइको संख्या भन्दा डिस्लाइको संख्या बढेको छ । उक्त एपिसोडमा ५१ हजारले डिस्लाइक गरेका छन् भने लाइक मात्रै १५ हजारले गरे । तर, योभन्दा अगाडि विद्यावालन लगायतका कलाकारका साथ ९१औँ एपिससोड खिचिएको थियो । उक्त एपिसोडको भने राम्रो युट्यव भ्यूदेखिन्छ । उक्त एपिसोडलाई ५० हजारभन्दा वढीले हेरेका छन् । त्यस्तै भिडियोलाई १७ हजारभन्दा धेरैले लाइक गरे भने ८ हजारले डिस्लाइक गरे त्यस्तै, त्यो भन्दा अघिल्लो अनुष्का शर्माका साथमा खिचिएको भिडियोमा २१ हजारभन्दा वढी लाइक छ, जवकि डिस्लाइक गर्नको संख्या मात्रै ३६ सय छ । The Kapil Sharma Show