समाज

फस्ट मिसेस चितवनको उपाधि सुष्मा थापालाई

फस्ट मिसेस चितवनको उपाधि सुष्मा थापालाई

चैत्र १५ र चितवनमा पहिलोपटक आयोजित मिसेस चितवन २०१७ को उपाधी नारायणगढकी सुष्मा थापा जितेकी छन् ।

सोमबार सम्पन्न प्रतियोगितामा थापाले भ्युवर्स च्वाईस र मिसेस पर्सनालिटी समेत जित्न सफल भइन । त्यस्तै फष्ट रनरअप रेणु तामाङ , सेकेन्ड रनरअप आना ढकाललाई प्रथम मिस नेपाल रुवि राणाले ताज पहिराउँदै प्रथम, द्धितीय र तृतीयलाई क्रमशः नगद रु.५०,००० र, रु.३०,०००र रु.२०,००० प्रदान गरेकी थिइन ।

१९ जना महिला सहभागी रहेको कार्यक्रममा प्रत्यकलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । उद्योेगपति गुणचन्द्र विष्टको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा दाताराम घिमिरेको सभापतित्व रहेको थियो । प्रथम मिस नेपाल रुवि राणा, फोटोग्राफर राजभाई सुवाल, विशाल गुरुङ, पीयूष कर्ण, रुबिन रामुदामु निर्णायक रहेको कार्यक्रममा भरतपुर क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न भएको थियो ।

दाताज इभेन्टसद्वारा आयोजित कार्यक्रमको संयोजक द्वय दुर्गा घिमिरे र मिना झाको संयोजकत्वमा सप्पन्न भएको थियो । विभिन्न पेशा व्यवसाय , सामाजिक सेवामा आवद्ध बिवाहित महिलाको सहभागिता रहेको कार्यक्रमले महिलाको व्यक्तित्व नेतृत्व विकासमा टेवा पुग्ने आयोजकले विस्वास लिएको छ ।

Mrs Chitwan

विशेष