मनोरञ्जन

दीपाश्रीसँग जिस्किए गृहमन्त्री निधि

दीपाश्रीसँग जिस्किए गृहमन्त्री निधि
चैत्र १५ । मोरङको विराटनगरस्थित न्यु सृष्टि दैनिकको छैटौं वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री विमलेन्द्र निधि । गृहमन्त्री निधि प्रमुख अतिथि रहेको कार्यक्रममा हास्य कलाकार दीपाश्री निरौला पनि उपस्थित थिइन् । सोही कार्यक्रममा गृहमन्त्री निधि कलाकार दीपा श्री निरौलासँग जिस्किएका थिए। विराटनगरकै कलाकार दीपा श्री निरौलाले अविवाहित भएको बताएपछि उद्घोषकले अर्को वर्ष भिनाजु लिएर आउनुहोस् दिदी भन्दै ठट्टा गरेका थिए । गृहमन्त्री निधिले दीपा श्रीलाई जिस्क्याउँदै भने, ‘के गर्नु मेरो मेरो विवाह पहिल्यै भइहाल्यो।’ गृहमन्त्रीको ठट्टामा कार्यक्रमस्थल हाँसोले गुन्जिएको थियाे । निधिले दीपा श्रीको प्रशंसा गर्दै उनी निकै राम्रो र सबैको प्रिय कलाकार भएको बताएका थिए ।

Bimalendra Nidhi

विशेष