समाज

रगत भन्दा महँगो पानी

रगत भन्दा महँगो पानी

चैत्र १५ । डाँडाको टाकुरामा बस्ती छ । गाँउमा भरपर्दो मुहन छैन । एउटा कटुस गैहधारो थियो त्यो पनि सुक्यो । दुई वर्ष भयो तिर्खा मेट्ने गरी पानी खान पाएनौं । एलडिओ अगाडि उभिएकी विमला चेपाङले भनिन् । हामीलाई तिर्खा मेट्ने पानी दिनुस ।

गाँउमा भएको पानीको मुहान सुकेपछि धादिङ गजुरी गाँउपालिका ६ श्यामेडाँडाका चेपाङ समुदाय खानेपानीको योजना माग्दै जिल्ला समन्वय समितिमा आइपुगेका छन् ।

पँधेरो त सुक्यो नै अन्य साना खोल्सीको पानी समेत सुकेपछि गाँउमा पानीको हाहाकार मच्चिएको छ । भूकम्पछि पानीको मुहान सुकेकाले अहिले रातभर कुवामा लाइन बसेर एक गाग्रो पानी भर्ने गरेको बिमलाले बताइन ।

Water in Dhading

विशेष