भारतद्वारा अष्ट्रेलिया विरुद्धको टेष्ट सिरिज कब्जा
चैत्र १५ । भारतले चौथो टेष्टमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ ।
अष्ट्रेलिया विरुद्धको चौथो टेष्टको पहिलो पारीमा अष्ट्रेलियाले ३ सय रन र दोस्रो पारीमा एक सय ३७ रन बनाएको थियो ।
जवाफि व्याटिङ गरेको भारतले पहिलो पारीमा ३ सय ३२ रन बनाएको थियो भने दोस्रो पारी २ विकेटको क्षतिमा १ सय ६ रन बनायो । भारतको जीतका लागि टेष्ट क्रिकेटमा डेब्यु गरेका कुलदिप यादव नायक बन्दै ४ विकेट लिए । यो जीतसँगै चार टेष्टको श्रृंखलामा २–१ भारतले सिरिज कब्जा गरेको छ ।
Cricket