मनोरञ्जन

साम्रागीलाई सार्वधिक हेरियो युटुबमा

साम्रागीलाई सार्वधिक हेरियो युटुबमा

चैत १५ । नायिका साम्रागी राज्यलक्ष्मी शाह अभिनित ‘ए मेरो हजुर २’ को शिर्ष गीत सार्वजिनक भएको छ । गीत सार्वजनिक हुनुलगत्तै उक्त गीत नेपालको ट्रेन्डिङमा आउन सफल भएको छ ।

गीतमा कैद गरिएको दृश्य र साम्रागी र नवनायक सलिमान बानियाँको रोमान्सले पनि उक्त गीतलाई मनमोहक बनाएको छ । संसारकै सार्वधिक उचाइमा रहेको तिलिचो तालमा गरिएको उक्त सुटिङले गीतलाई रोचक बनाएको छ । तिलिचोमा छायांकन हुने पहिलो गीत रहेको उक्त गीतलाई मंगलबार बिहानसम्म युटुबमा ३ लाखले हेरिसकेका छन् । गीत आइतबार राती अपलोड गरिएको थियो ।

कल्याण सिंहको संगीत रहेको उक्त गीतमा डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोख्रेलको स्वर रहेको छ । उक्त भिडियोलाई रेनेसा वान्तवा राईले कोरियोग्राफ गरेकी हुन् । भिडियोलाई संजय लामाले खिचेका हुन् भने कस्टुम युवी थापाको रहेको छ ।

अभिनेत्री झरना थापाको डेब्यु निर्देशनमा बनेको उक्त फिल्म भदौ १६ मा रिलिज हुने बताइएको छ ।

Samragyi

विशेष