खेल

नेपालले पायो २ सय ५८ रनको चुनौती

नेपालले पायो २ सय ५८ रनको चुनौती

चैत्र १५ । एसीसी इमर्जिङ नेसन्स कपमा बंगलादेशले नेपाललाई २ सय ५८ रनको चुनौती पेश गरेको छ ।

बंगलादेशको शेख कमाल अन्तर्राष्ट्रिय रंगशालामा भएको आजको खेलमा टस जितेर नेपालले बंगलादेशलाई व्याटिङको निम्तो दिएको थियो । बंगलादेशले ९ विकेटको क्षतिमा ९ विकेटको क्षतिमा २ सय ५७ रन बनायो  ।  बंगलादेशको सुरुवात खराब रहेको थियो १५ रन बनाउँदा ३ विकेट गुमाएको आयोजक बंगलादेशले चौथो विकेट ३३ रन बनाउँदा चौथो विकेट गुमाउन पुग्यो ।

पांचौ विकेटका लागि बंगलादेशका यु–२३ का कप्तान मोनिकुल हकले सम्हालेका थिए । उनले पांचौ विकेटका लागि नासिर हुसेनसंग ७९ रनको साझेदारी गर्दै खेललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए ।

मानिकुलले ६१ रनको योगदान गर्दै संदिप लामिछानेको बलमा आउट भए । त्यस्तै नासिर हुसेनले सर्वाधिक एक सय ९ रन बनाए । नेपालका अविनाश कर्णले ३ विकेट लिए भने संदिप लामिछानेले २ तथा कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीलिे समान १-१ विकेट लिए । विकेट लिए । नेपालले केहिबेरमा जवाफी व्याटिङ गर्ने छ ।

Emerging cuup

विशेष