समाज

भारतीय सेनाध्यक्ष काठमाडौंमा

भारतीय सेनाध्यक्ष काठमाडौंमा

चैत्र १५ । भारतीय सेनाध्यक्ष विपीन रावत काठमाडौं आइपुगेका छन् । नेपालको चारदिने भ्रमणका लागि भारतीय सेनाध्यक्ष मंगलबार विहान काठमाडौं आइपुगेका हुन ।

रावत नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न नेपाल आएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्नेछिन् ।

नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

भारतीय सेनाको २७ औं सेनाध्यक्षका रुपमा रावत सन् २०१६ डिसेम्बर ३१ मा नियुक्त भएका थिए । नेपाल बसाइका क्रममा सेनाध्यक्ष रावतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Bipin Rawat

विशेष