मनोरञ्जन

५ वर्षे भिषा लिएर अमेरिका उडे बले र कक्रोच

५ वर्षे भिषा लिएर अमेरिका उडे बले र कक्रोच

चैत्र १५ । कलाकार सागर लम्साल (बले) र हरी निरौला (कक्रोच) सोमबार साँझ अमेरिका गएका छन् । हाँस्य टेलिसिरियल भद्रगोलका चर्चित यी कलाकार एक महिनाको नेपाली कार्यक्रमका लागि अमेरिका गएका हुन् ।

इतिहाद एअरलाईन्सबाट अमेरिका गएका उनीहरुलाई बिदाई गर्नका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कलाकार कुमार कट्टेल (जिग्री), गायक शिव हमाल, उनीहरुका आफन्त र साथीभाईहरु पुगेका थिए ।

उनीहरु अमेरिकाको न्यूयोर्क, जर्जिया र टेक्सासमा कार्यक्रम गरेर नेपाल फर्किनेछन् । यी दुई कलाकारलाई अमेरिकाले ५ वर्षको मल्टिपल भिसा दिएको हो ।

Bhadragol

विशेष