खेल

एसीसी इमर्जिङ कप: बंगलादेशसँग नेपाल ८३ रनले पराजित

एसीसी इमर्जिङ कप: बंगलादेशसँग नेपाल ८३ रनले पराजित
चैत्र–१५ । बंगलादेशमा जारी एसीसी इमर्जिङ कप क्रिकेटअन्तर्गत समूह चरणको दास्राे खेलमा नेपाल बंगलादेशको यू–२३ टोलीसँग ८३ रनले पराजित भएको छ । बंगलादेशले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४२.३ अाैं ओभरमा सबै विकेट गुमाउँदै १७४ रन मात्र बनाउन सफल भयाे । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २ सय ५७ रन बनाएको थियो । शेख कमल इन्टरनेशनल स्टेडियममा बंगलादेशका लागि नासिर हाेसेनले सर्वाधिक १०९ रन बनाए र माेमिनल हकले ६१ रन बनाए । नेपालको लागि अभिनास कर्णले सर्वाधिक ३ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा मेहबुव अलाम दीपेन्द्र सिंह एेरी र ज्ञानेन्द्र मल्लले एक–एक विकेट लिए । त्यस्तै जवाफि ब्याटिङमा फर्केको नेपालको लागि दीपेन्द्र सिंह एेरीले अर्ध–शतक प्रहार गरे । त्यस्तै दीलिप नाथले ४१, विनाेद भण्डारीले ३३ तथा अाशिफ शेखले २१ रन जोडे । खेलमा दीपेन्द्र र दीलिपले १३५ बलमा सर्वाधिक ९८ रनकाे साझेदारी गरेपनि जितकाे लागि भने पर्याप्त रहेन । बंगलादेशको लागि राहतुल फेर्डस जाभेडले सर्वाधिक ४ विकेट लिए । त्यस्तै साहिफ उडिनले तीन तथा अबुल हसान राजुले एक विकेट लिए । यसका साथै नेपालकाे यात्रा कठिन बनेकाे छ । नेपालले भोलि हङकङसँग खेल खेल्ने छ ।

एसीसी इमर्जिङ कप क्रिकेट नेपाल बंगलादेश

विशेष