मनोरञ्जन

दुर्व्यवहारलाई वेवास्ता गर्नु नै महिलाको ठूलो गल्ती – अक्षय

दुर्व्यवहारलाई वेवास्ता गर्नु नै महिलाको ठूलो गल्ती – अक्षय
चैत – १५ । बलिउड अभिनेता अक्षय कुमारले महिलामाथि हात हाल्ने व्यक्तिलाई यसै छोड्न नहुने बताएका छन् । उनले महिलालाई कसैले हात हाले आफ्नो बचाउका लागि पिटेर माग्न सकिने बताए ।
अभिनेता अक्षयले महिला अरुको भर नपरी आफूलाई आफैँले बचाउने बिधिबारे सचेत हुनुपर्नेमा जोड दिए । ‘यदि कसैले महिलामाथि हातपात गर्छ भने रोइकराइ गरेर बस्नु हुँदैन,’ उनले भने, ‘बदलामा उक्त व्यक्तिलाई पिटेर भाग्दा हुन्छ ।’ अक्षय अभिनेतामात्र नभएर उनी मार्सल आर्टस्का खेलाडी पनि हुन् । त्यसकारण उनी महिलाहरुलाई आत्मरक्षाका उपाय सिक्न सुझाव दिन्छन् । समाजमाा महिलाको लागि मार्सल आर्टस् त्यति महत्वपूर्ण नभएपनि घटिया व्यवहार भएका मानिसहरको कारण महिला पनि मार्सल आटर्स्मा सक्रिय हुनुपरेको उनी मान्यता राख्छन् । अहिलेको समयमा समाज धेरै खुल्ला हुँदै गएको र केटीहरु पनि कसैले केही गरे त्यती गम्भीरपूर्वक नलिने हुनाले दुव्र्यवहार बढेको उनले बताएका छन् । उनी भन्छन्, ‘यदि कसैले केही गरेमा चिच्याइहाल, चुपो लागेर नबस ।’ महिलामा हुने दुव्र्यवहारलाई वेवास्ता गर्नु नै ठूलो गल्ती भएको उनको जोड छ ।

akshya kumar

विशेष