Technology

अब एनटीसीले पनि लोन दिने

अब एनटीसीले पनि लोन दिने
चैत्र – १५ । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवाग्राहीलाई लोन रकम उपलब्ध गराउने भएको छ । उपभोक्ताले टेलिकमको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिएमा लोन उपलब्ध हुनेछ । यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियाक्सको स्थानीय एजेन्ट हेमन्त ट्रेडबीच सम्झौता भएको छ । अब मोबाइलमा कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहने छ । कुरा भइरहँदा ब्यालेन्स सकिएमा सेवाग्राहीले एयरटाइम के्रडिटको सुविधा पाउने छन् । उक्त सुविधा प्रयोग गरेबापत थप कुनै शूल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । यो सुविधा प्राप्त गर्न भने सेवा ग्राहीले पाँच महिना कुर्नु पर्ने कम्पनीले जनाएको छ ।

NTC

विशेष