खेल

एसिया कप छनौटः नेपाल फिलिपिन्सविरुद्ध ४–१ पराजित

एसिया कप छनौटः नेपाल फिलिपिन्सविरुद्ध ४–१ पराजित
चैत्र–१५ । एसिया कप छनौट फुटबलअन्तर्गत तेस्रो चरणमा नेपाल फिलिपिन्ससँग पराजित भएकाे छ । फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भइरहेको खेलमा नेपाल पहिलो हाफमै ३–१ ले पछि परेको थियाे । खेलको १३ औं मिनेटमा डिबक्स भित्र ह्याण्ड बल भएपछि फिलिपिन्सले पेनाल्टी पाएको थियो । तर पहिलो अवसर नेपाली गोलकिपर किरण चेम्जोङले विफल बनाएका थिए । यद्यपी बिक्रम लामाले रेड कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । २१ औं मिनेटमा फिलिपिन्सले पुनः पेनाल्टी पाएपछि टोलीले सुरुवाती अग्रता पाएको थियो । त्यस्को २ मिनेटमै अर्को गोल गरेपछि नेपाल २–० ले पछि परेका थियो । २८ औं मिनेटमा फिलिपिन्सले तेस्रो गोल गरेपछि नेपाल पहिलो हाफमा ३–० ले पछि परेकाे थियाे । नेपालकाे लागि पहिलाे हाफकाे अतिरिक्त समयमा गाेल गर्दै नेपालकाे लागि एक गाेल फर्काएका थिए । दाेस्राे हाफकाे ७२ अाैं मिनेटमा फिलिपिन्सले गाेल गर्दै ४–१ काे अग्रता निकालेकाे हाे । एएफसी सोलिडारिटी कपको उपाधि जितेकाले एसिया कप छनौट खेल्ने अवसर पाएको हो ।

एसिया कप छनौट नेपाल फिलिपिन्स फुटबल

विशेष