खेल

अर्जेन्टिनी स्टाइकर लियोनल मेसीलाई चार अन्तर्राष्ट्रिय म्याचमा प्रतिबन्ध

अर्जेन्टिनी स्टाइकर लियोनल मेसीलाई चार अन्तर्राष्ट्रिय म्याचमा प्रतिबन्ध
चैत १६ । अर्जे्न्टिनी स्टाइकर लियोनल मेसीलाई चार वटा अन्तर्राष्ट्रिय फुटबल म्याचमा प्रतिबन्ध लगाइएको छ । फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले मेसीमाथि प्रतिबन्ध लगाएको हो । उनीमाथि १० हजार स्वीस फ्र्यांक जरिवानासमेत लगाइएको छ । चिलीविरुद्धको म्याचमा मेसीले अभद्र भाषा प्रयोग गरेको भन्दै अनुशासनात्मक कारवाही गरिएको फिफाले जनाएको छ । उक्त म्याचमा अर्जेन्टिनाविरुद्ध दिइएको ‘फउल’ प्रति असन्तुष्ट हुँदै मेसीले सहायक रेफ्रीलाई अभद्र भाषा प्रयोग गरेको बताइएको छ । यो प्रतिबन्धसँगै विश्वकप छनोट खेलमा अर्जेन्टिनाले उरुग्वे, भेनेजुएला र पेरुविरुद्धको म्याचमा मेसीविना नै खेल्नुपर्ने भएको छ । बिहीबार बिहान सम्पन्न बोलिभियाविरुद्धको म्याचमा पनि मेसीले खेल्न पाएनन् ।

विशेष