खेल

बोलिभियाले अर्जेन्टिनालाई हरायो, चिलीको शानदार जीत

बोलिभियाले अर्जेन्टिनालाई हरायो, चिलीको शानदार जीत
चैत १६ । विश्वकप फुटबल छनोटमा अर्जेन्टिनालाई बोलिभियाले हराएको छ । बोलिभियाको राजधानी लापाजमा बुधबार बिहान सम्पन्न खेलमा घरेलु टोली २–० ले विजयी भयो । अर्जेटिनाविरुद्धको खेलमा बोलिभियालाई विजयी गराउन हुँवा कार्लोस आर्के र मार्सेलो मोरेनोले एक एक गोल गरे । दक्षिण अमेरिकी समुहकै अर्को खेलमा कोलम्बियाले ईक्वेडरलाई २–० ले हराउँदा चिलीले भेनेजुएलालाई ३–१ ले पराजित र्गयो । विश्वकप फुटबल छनोट अन्तर्गत मध्य तथा उत्तर अमेरिका र क्यारेबीयन समुहको खेलमा मेक्सीकोले ट्रिनिडाड एण्ड टोबागोलाई १–० ले हराएको छ । होण्डुरस र कोस्टारिकाले भने एक एक गोलको बराबरी खेलेका छन् । यसैगरी ओसियाना समुहको खेलमा न्युजिल्याण्डले फिजीलाई २–० ले हराएको छ ।

worldcup Qualifer

विशेष