मनोरञ्जन

नायिका परिणीति अब गायिका पनि

नायिका परिणीति अब गायिका पनि

चैत्र १६ । अभिनेत्री परिणीति चोपडा अब अलग परिचय बनाएकी छन् । उनी अब गायिका पनि हुन् ।

उनले आगामी फिल्म मेरी प्यारी बिन्दुमा स्वर भरेर गायनमा डेब्यु गरेकी हुन् । गीत सार्वजनिक भइसकेको छ । डेब्यु गीतमै राम्रो प्रस्तुती दिएपछि बलिउडमा उनको चर्चा चलेको छ । परिणीतिले उनको गीत ट्वीटरमा पनि सार्वजनिक गरेकी छन् ।

मेरी प्यारी बिन्दुमा परिणीतिसँगै आयुष्मान् खुरानाको अभिनय रहेको छ । आयुष्मान पनि गायक हुन् । उनले पनि परिणीतिको प्रशसा गरेका छनु । अक्षय रायको निदेएशन रहेको यो फिल्म आगामी मे १२ मा रिलीज हुने छ ।

Pariniti chopraa

विशेष