खेल

पाराग्वे विरुद्ध ब्राजिलको शानदार जीत

पाराग्वे विरुद्ध ब्राजिलको शानदार जीत

चैत्र १६ । विश्वकप २०१८ को छनौट अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई ३–० गोल अन्तरले पराजित गरेको छ

ब्राजिलको जितमा फिलिप कोन्टिन्हो, नेइमार र मार्सेलोले गोल गरे । ३४ औं मिनेटमा कोन्टिन्होले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा ब्राजिलले थप दुई गोल गर्यो ।

६४ औं मिनेटमा नेइमाले ब्राजिलको अग्रता दोब्बर पारे । ८५ औं मिनेटमा मार्सेलोले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो । जितपछि शीर्ष स्थानको ब्राजिलको १४ खेलबाट ३३ अंक भएको छ ।

ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १४ खेलमा १० खेल जितेको छ । तीन खेलमा बराबरी गरेको ब्राजिल एक खेलमा मात्रै पराजित भएको छ ।

worldcup Qualifier

विशेष