समाज

पूर्वराजाका नातिको ब्रतबन्ध भोलि, राष्ट्रपति देखि विप्लबलाई निम्ता

पूर्वराजाका नातिको ब्रतबन्ध भोलि, राष्ट्रपति देखि विप्लबलाई  निम्ता

चैत्र १६ । निर्मल निवासमा भ्याई नभ्याई छ । भोलि (बिहीबार) पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र ह्दयेन्द्रको उपनयन (ब्रतबन्ध) का लागि सपरिवार व्यस्त रहेको छन् ।

चैत १७ गते निर्मलनिवासमा औपचारिक चूडाकर्मको समापनपछि २४ गते होटेल सोल्टीमा दिवा तथा रात्रिभोजको आयोजना गरिने भएको छ ।

आशीर्वादका लागि आउने आगन्तुक पाहुनाहरूको सजिलोका लागि होटेल सोल्टीको स्विमिङ पुलछेउमा पाल टाँगेर पूर्वनवयुवराजसहित राजपरिवारका सदस्यहरू बस्ने व्यवस्था मिलाइने भएको छ । सो रात आफन्त तथा नातेदारहरूलाई रात्रिभोजमा समेत आमन्त्रण गरिएको भए पनि अन्य विशिष्ट तथा साधारण पाहुनाहरूलाई दिवाभोजका लागि बिहान साढे एघार बजेको समय निर्धारण गरी बोलाइएको छ ।

उक्त समारोहमा विशेष उपस्थितिका लागि राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्री र मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू, धर्मगुरुहरू, युवा नेताहरू, उद्योग वाणिज्य महासङ्घ, च्याम्बर अफ कमर्स र सीएनआईका पदाधिकारी तथा सदस्यहरू, सनातनी, बौद्ध र इस्लाम धर्मसम्बद्ध सङ्घसंस्थाका अगुवाहरू, सन्तमहन्थहरू, पत्रकारहरू, मिडिया व्यवसायीहरू, कलाकारहरू, संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने राजनीतिक दलका नेताहरू, शिक्षक, प्राध्यापक र पूर्वउपकुलपतिहरू, साहित्यकारहरू, सामाजिक कार्यकर्ताहरूलगायत समाजको सबै क्षेत्रका अगुवाहरूलाई निमन्त्रणा पठाइएको छ ।

सो समारोहमा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति नन्दकिशोर पुनको उपस्थिति रहनेमा आशङ्का भए पनि राष्ट्रपति भण्डारी उपस्थित हुनुहुने विश्वास गरिएको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरू ब्रतबन्धमा सहभागी हुने अपेक्षा गरिए पनि नेत्रविक्रम चन्द र मोहन वैद्यहरूको उपस्थितिप्रति भने जिज्ञाशा पैदा भएको छ ।

Gyandra Shaha

विशेष