मनोरञ्जन

कपिललाई सलमानको सुझाव

कपिललाई सलमानको सुझाव

चैत १६ । केही दिनअघि विवादमा परेको कपिल शर्मा र सुनिल ग्रोवरको झगडाकाबारे बलिउड अभिनेता सलमान खानले मुख खोलेका छन् । सलमानले कपिललाई आफ्नो स्टार्डम बचाउन सचेत रहन सुझाएका हुन् ।

कपिलका नजिकका मित्रसमेत मानिने अभिनेता खानले कपिललाई आफ्नो स्टाडैमबारे सल्लाह दिएका हुन् । एक अन्तर्वातामा बोल्दै उनले आफ्नो स्टार्डम आफूलाई मान्ने, सम्मान र तारिफ गर्ने साथीभाइ र फ्यानहरुले गर्दा बन्न हुँदा कुनै पनि काम गर्दा सचेत रहनुपर्ने बताएका छन् ।

कपिललाई इङ्कित गर्दै उनले आफ्नो करियर साथीभाइ र फ्यानकै कारण टिक्ने कुरामा सचेत हुन सल्लाह दिएका छन् ।

Kapil with Salman

विशेष