फुड

अण्डाको भाउ बढ्यो, प्रतिगोटा १५ रुपैयाँ

अण्डाको भाउ बढ्यो, प्रतिगोटा १५ रुपैयाँ
चैत्र १६ । माग बढे पनि उत्पादन नबढेको भन्दै नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको छ । उपभोक्ताले अब खुद्रा मूल्य प्रतिगोटा १५ रुपैयाँ तिर्नुपर्नेछ । संघले ‘मिडियम अण्डा’ को यस अघिको प्रतिक्रेट २ सय ७० रुपैयाँमा ४५ बढाएर फार्म मूल्य ३ सय १५ र विक्री मूल्य ३ सय २० निर्धारण गरेको छ । त्यस्तै, संघले ठूलो अण्डाको फार्म मूल्यमा पनि यसअघिको ३ सय २० रुपैैयाँमा २५ बढाएर ३ सय ४५ रुपैैयाँ तथा विक्री मूल्यमा ३ सय ५० निर्धारण गरेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले उत्पादन उत्ति नै रहेपनि माग बढेकाले भाउ बढाइएको बताए ।

egg

विशेष