स्वास्थ्य

महिनावारीमा हुने समस्या र समाधान

महिनावारीमा हुने समस्या र समाधान

चैत १६ । कहीलेकाहीँ नियमित रुपमा महिनावारी नहुदाँ महिलाहरुमा त्रास पैदा हुन्छ । नियमित रुपमा महिनावारी नहुँदा बाँझोपनको शिकार भइने समाचार धेरै सुनिन्छ । यस्तै चिन्ताले महिनावारी नियमित रुपमा नहुँदा डर हुनु स्वभाविक हो ।

कहिलेकाहीँ बसाई परिवर्तन हँदा, पोषणयुक्त खानेकुराको कमी भएमा पनि महिनावारी गडबड हुन सक्छ ।

महिनावारी सामान्य र प्राकृतिक कुरा हो । यससम्बन्धी उचित ज्ञान नहुँदा धेरैलाई समस्या परेको छ । महिनावारीलाई धेरै सहज रुपमा लिएर समयमा महिनावारी नहुँदा वास्ता नगर्ने र यस्तोबेलामा अन्य किसिमका लापरवाही गर्नेहरु पनि धेरै हुन्छन् । यस्ता स्थिती स्वस्थका लागि निकै हानिकारक हुने गर्छन् ।

महिनावारीको समयमा गरिने लापरवाही

अनियमित महिनावारीको वेवास्ता

महिनावारी समयमा नहुँदा औसत युवतीहरु डाक्टरकहाँ गइहाल्ने कोशिश गर्दैनन् । महिनावारी हुँदा पेट दुख्ने र झन्झट हुने हुँदा कोही त समयमा नहुँदा आनन्द भयो भनेर पनि बस्ने गर्छन् । कहिलेकाहीँ महिनावारी बसाइ सराइ र खानपानका कारण पनि ढिला हुँदा सामान्य भएपनि सधैँ अनियमित रुपमा महिनावारी हुँदा चिकित्सकलाई देखाउनुपर्ने हुन्छ । यसका साथै अहिले महिलाहरुले हार्मोनजन्य औषधी सेवन गर्न थालेकाले पनि महिनावारी ढिलो चाडो हुने गरेको छ ।

रगत बग्ने

महिनावारीको समयमा यती रगत बग्छ भनेर भनिहाल्न नसकिए पनि महिनावारीको समयमा ३ देखि ७ दिनसम्म रगत जान्छ । यस्तोबेलामा कतिपयको अत्याधिक रगत बग्ने हुन्छ भने कसैको रगत धेरै नबग्ने पनि हुँन्छ । वंशाणुगत गुण र रगतमा हुने खराबीका कारण पनि त्यस्तो हुने गर्छ । तर, यस्तो हुँदा पनि एकपटक डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ ।

महिनावारी पर सार्ने औषधीको सेवन

 महिनावारीको समयमा धेरैले महिनावारी रोक्ने औषधीको सेवन पनि गर्ने गरेको पाइन्छ । विशेषगरि नेपालमा चाडपर्व आइरहने भएकाले चाडबाड छेकिने डरले महिनावारी रोक्ने औषधी सेवन गरिन्छ । तर, यो सरासर गलत हो । यस्ता औषधीले स्वस्थमा हानी पुर्याउने हुनाले डाक्टरहरु सकभर औषधी सेवन नगर्न सुझाउँछन् ।

महिनावारीमा खाना

नेपालको पुरातन मान्यताअनुसार महिनावारी भएको समयमा दुध दही आदि सेवन गर्नु हुँदैन भन्ने चलन छ । तर, यो समयमा शरीरबाट बढि मात्रामा रगत जाने हुँदा अन्य समयमा भन्दा झन् बढि पोषणयुक्त खानेकुराको आवश्यक हुने गर्छ । यस्तो समयमा पेट दुख्दा चिया कफी बढि सेवन गर्ने गरिन्छ । तर, चिया कफी भन्दा बढि पानीलाई प्राथामिकता दिनुपर्ने हुन्छ ।

प्याडको प्रयोग

महिनावारी भएको समयमा कपडाले बनेको प्याडको प्रयोग गर्दा उचित हुने विज्ञहरु बताउँछन् । यस्ता प्याड एकपटक लगाएपछि धोएर फेरि प्रयोग गर्न पनि सकिन्छ । यदि स्यानिटेरी प्याडको प्रयोग गरिन्छ भने प्रयोग गरिसकेपछि पेपरमा र्याप गरेर फाल्नुपर्छ । जथाभावी प्याड फाल्नु हुँदैन । बजारमा किनिने स्यानिटरी प्याड पाँच घण्टा भन्दा बढि समय प्रयोग गर्नु हुँदैन । यदी प्रयोग भएमा त्यहाँबाट उत्पन्न भएको ब्याक्टेरीयाले पाठेघरमा खराबी गर्छ । कसैले समय समयमा फेर्छन् भने कसैले एक दिनभरी एउटै प्याड लगाउने गर्छन् ।

पेट दुख्ने समस्या

महिनावारीको समयमा पेट दुख्नु सामान्य मानिन्छ । योबेलामा पाठेघर खुम्च्निे हुनाले पेट दुख्ने गर्छ । यस्तो समयमा कसैलाई अत्याधिक पेट दुखेर वान्ता पनि हुने गर्छ । यसरी पिडा सहन नसकेर आफूखुशी औषधी सेवन गर्नु गलत भएको चिकित्सकहरु बताउँछन् । पिडा धेरै भएमा चिकित्सकसँग सल्लाह गरेर औषधी सेवन गर्नुपर्ने हुन्छ । कसैलाई भने विवाह पछि पेट दुख्ने समस्या आफैँ कम हुँदै जान्छ ।

Health

विशेष