समाज

भारतले दियो नेपाली सेनालाई ७ वटा घोडा

भारतले दियो नेपाली सेनालाई ७ वटा घोडा
चैत्र १६ । प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा हिजो नेपाल आएको भारतका सेनाध्यक्ष विपनी रावतले प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग भेट गरेका छन् । भेटमा जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच भारतीय सेनाध्यक्षले प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई विभिन्न प्रजातिका गरी जम्मा ७ वटा घोडाहरु समेत हस्तान्तरण गरेका थिए । यसअघि उनले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेका थिए । रावतलाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा गारत समेत अर्पण गरेको थियो ।

Nepalese Army

विशेष