समाज

केन्द्रीय सदस्यका पत्नी र बुहारीमाथि भएको दुर्व्यवहारप्रति एमालेको आपत्ति

केन्द्रीय सदस्यका पत्नी र बुहारीमाथि भएको दुर्व्यवहारप्रति एमालेको आपत्ति
चैत - १६ । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य सुमन प्याकुरेलका पत्नी ज्योति र बुहारी रक्तिमज्योतिलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गालीगलौज तथा दुर्व्यवहार गरेको भनी आपत्ति जनाएको छ । एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मंगलबार राजविराजस्थित आफ्नो घरमा निजी कामले गएकोबेला मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा आएको समूहले घेराबन्दी गर्ने, गालीगलौज गर्ने र दुर्व्यवहार गर्ने प्रयास गरेको भनी खेद व्यक्त गरिएको छ । आक्रमणबाट जोगाउन प्रहरी प्रशासनले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै पार्टीले मोर्चालाई लोकतान्त्रिक तथा मानवीय आचरण देखाउन र राजनीतिक ढंगले प्रस्तुत् हुन आग्रह गरेको छ ।

CPN UML UML

विशेष