मनोरञ्जन

अाखिर किन फर्किए सुनिल ‘द कपिल शर्मा शो’मा ?

अाखिर किन फर्किए सुनिल ‘द कपिल शर्मा शो’मा ?

 

चैत १६ । चर्चित कमेडिन सुनिल ग्रोवर द कपिल शर्मा शोको सेटमा फकिएका छन् । कपिल शर्मा शोमा गुथ्थी र डा मसूहूर गुलाटीको चरित्रमा देखिएका उनीले कपिल शर्मा शो छोड्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका थिए । कपिल शर्माको व्यवहारले रुष्ट बनेका सुनिललगायतका कलाकारले दुई एपिशोडमा काम गरेका थिएन । सुनिल शोबाट निस्किएपछिका दुई एपिसोडलाई दर्शकहरुले निराशाजनक प्रतिक्रिया दिएका थिए ।

त्यस्तै पछिल्ला शोमा कपिल पनि पहिला जति उत्साहित नदेखिएको दर्शकले आरोप लगाए । यी सबै घटनाले भने सुनिल कपिल शर्मा शोमा फर्किएका होइन् । उनी सोनी टेलिभिजनसँगको सम्झौताका कारण बाध्य भएर शोको शेटमा फकिएका हुन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार सोनी र उनीबीचको सम्झौताको म्याद आगामी अप्रिलसम्म छ । त्यही कारण उनी शोका लागि सुटिङ गर्न तयार भएका हुन् । तर, अप्रिलसम्मलाई मात्र उनी उक्त सोमा देखिनेछन् ।

Sunil Grobar

विशेष