समाज

मानव संसाधन नीति ल्याउन सरोकारवालको माग

मानव संसाधन नीति ल्याउन सरोकारवालको माग
चैत्र - १६ । संस्थागत विकासमा मानव संसाधन महत्वपूर्ण भएकाले यससम्बन्धी नीति ल्याउन सरोकारवालले सरकारसँग माग गरेका छन्। आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका महत्वपूर्ण माध्यम नै मानव संसाधन भएकाले सरकारले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा नै रोजगार उपलब्ध गराउने विषयलाई सो नीतिमा समेट्नुपर्नेमा उनीहरुले जोड दिए। ग्रोथ सेलर नामक संस्थाद्वारा आज यहाँ आयोजित मानव संसाधन सम्मेलनका सहभागी वक्ताले मानव संसाधनको विकास तथा विस्तारका लागि सरकारी र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताए। दुई दिने सो सम्मेलनमा सरकारी र तथा निजी क्षेत्रमा काम गर्ने करिब १५० जनाको सहभागिता छन् । सम्मेलनमा सरकारका उच्च पदस्थ कर्मचारीले आफ्ना अनुभव साटासाट तथा छिमेकी मुलुक भारत र चीनका विज्ञले समेत अनुभव प्रस्तुत गर्नेछन्। त्यस्तै पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणसम्बन्धी जारी राखेका कामका बारेमा कार्यकारी अधिकृत प्राडा गोविन्द पोखरेलले समेत जानकारी दिनेछन्। काठमाडौं विश्वविद्यालयका व्यवस्थापन सङ्कालयका डिन प्राडा सुवास केसीले सम्मेलनको शुभारम्भ गर्दै बेरोजगारी समस्या समाधान गर्न मानव संसाधनसम्बन्धी नीति आवश्यक भएकोमा जोड दिए। भारतका मानव संसाधनविज्ञ टिभी रावले युवाशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका मानव संसाधनमा विशेष ध्यान दिनुपर्ने बताए।

मानव संसाधन नीति

विशेष