मनोरञ्जन

२०१७ मा शाहरुख र अक्षयको अर्को भिडन्त

२०१७ मा शाहरुख र अक्षयको अर्को भिडन्त

चैत्र - १६ । बलिउड फिल्म नगरीका पण्तिहरुले अब अर्को भविष्यमाणी गरेका छन् । २०१७ मा एक साथ रिलिजमा आउन लागेको फिल्म ‘दी रिङ’ र ‘ट्वाइलेट एक प्रेम कथा’ को ठूलो प्रतिस्पर्दा पर्ने भविष्यमाणी गरिएको हो । शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्म ‘दी रिङ’ र अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ एकसाथ भिड्ने भएका छन् । सन् २०१५ मा शाहरुख खान अभिनित फिल्म ‘दिलवाले’ सँग फिल्म ‘बाजीराओ मस्तानी’ जुधेदेखि शाहरुखलाई फिल्म जुध्ने ओइरो नै लागेको छ । फिल्मको इनिसियल बिजनेस पछि कमजोर ‘वर्ड अफ माउथ’ मिलेका फिल्मसँगै पर्दामा आएका शाहरुख खानका पछिल्ला फिल्महरुले दर्शकमाफ खासै कमाल गर्न सकेका छैनन् । यो पटक पनि अक्षयको फिल्मले बाजी मार्यो भने शाहरुखको अभिनय यात्रा कमजोर साबित हुनेछ । अक्षयका फिल्मले पछिल्लो समय लगालग एक सय करोडको व्यापार गर्न सफल भएको कारण उनको फिल्ममा भने ठूूलो आशा गरिएको छ । बलिउड मिडियाले भने शाहरुख र अक्षयबीच हुन लागेको भिडन्तलाई २०१७ कै ठूलो लडाइ बताउँदै आएका छन् ।

akshya kumar sharukh Khan

विशेष