स्वास्थ्य

किरोशीको योनाङ्गमा ५ किलोको ट्युमर !

किरोशीको योनाङ्गमा ५ किलोको ट्युमर !

चैत्र १७ । किशोरीको डिम्बाशयमा ५ किलोको ट्युमर (माशुको डल्लो) भेटिएको छ । बुधबार विरगञ्ज नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यक्रिया गरेर मासुको डल्लो निकालिएको हो ।

बारा पुरैनियाकी १४ वर्षिय कविताको डिम्बासयमा रहेको उक्त ठूलो आकारको ट्युमर १ घण्टा १५ मिनेट लामो शल्यक्रियापछि निकालिएको हो । पहिलो पटक यस्तो जटिल शल्यक्रिया गरिएको अस्पलालका स्त्रीरोग विभाग प्रमुख डा. जगतदीप प्रतापले जानकारी दिए । उनको टोलीमा डा. रम्श्मी भिर र डा. रमीला शाह समेत सहभागी थिए ।

करिब ३ वर्ष देखि टे्युमर रहेकोमा पछिल्लो एक महिनायता अचानक बढेको थियो ।

कान्तिपुर

विशेष