ताजा खबर

बसले ठक्कर दिँदा सेनाका दुई जवान घाइते

बसले ठक्कर दिँदा सेनाका दुई जवान घाइते

चैत १७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीनजिक बुधबार साँझ बसले ठक्कर दिँदा दुईजना मोटरसाइकलमा सवार नेपाली सेनाका जवान गम्भीर घाइते भएका छन् ।

महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ६ ख ९४४० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको नेपाली सेनाका जवान चढेको भे २ प ५०२७ नम्बरको मोटरसाइकललाई निकुञ्जको अर्जुनी ब्यारेकनजिक ठक्कर दिँदा मोटरसाइकलमा सवार जवान २६ वर्षीय हर्कबहादुर बोहरा र २५ वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका हुन् ।

घाइतेमध्ये बोहरा कञ्चनपुरका र चौधरी बर्दियाका बासिन्दा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । दुवैजनाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लगिएको उनले बताए ।

दुवैजना कुन ठाउँमा कार्यरत रहेको भन्नेबारे खुल्न सकेको छैन । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Bus Thakkar

विशेष