समाज

पूर्वराजा ज्ञानेन्द्रका नाति ह्दयेन्द्रको ब्रतबन्ध आज, राष्टपति देखि वैद्य, विप्लब सम्मलाई निम्ता

पूर्वराजा ज्ञानेन्द्रका नाति ह्दयेन्द्रको ब्रतबन्ध आज, राष्टपति देखि वैद्य, विप्लब सम्मलाई निम्ता

चैत्र १७ । आज पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र ह्दयेन्द्रको उपनयन (ब्रतबन्ध) आज भइरहको छ । निर्मलनिवासमा औपचारिक चूडाकर्मको समापनपछि २४ गते होटेल सोल्टीमा दिवा तथा रात्रिभोजको आयोजना गरिने भएको छ ।

आशीर्वादका लागि आउने आगन्तुक पाहुनाहरूको सजिलोका लागि होटेल सोल्टीको स्विमिङ पुलछेउमा पाल टाँगेर पूर्वनवयुवराजसहित राजपरिवारका सदस्यहरू बस्ने व्यवस्था मिलाइएको छ । सो रात आफन्त तथा नातेदारहरूलाई रात्रिभोजमा समेत आमन्त्रण गरिएको भए पनि अन्य विशिष्ट तथा साधारण पाहुनाहरूलाई दिवाभोजका लागि बिहान साढे एघार बजेको समय निर्धारण गरी बोलाइएको छ ।

उक्त समारोहमा विशेष उपस्थितिका लागि राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्री र मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू, धर्मगुरुहरू, युवा नेताहरू, उद्योग वाणिज्य महासङ्घ, च्याम्बर अफ कमर्स र सीएनआईका पदाधिकारी तथा सदस्यहरू, सनातनी, बौद्ध र इस्लाम धर्मसम्बद्ध सङ्घसंस्थाका अगुवाहरू, सन्तमहन्थहरू, पत्रकारहरू, मिडिया व्यवसायीहरू, कलाकारहरू, संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने राजनीतिक दलका नेताहरू, शिक्षक, प्राध्यापक र पूर्वउपकुलपतिहरू, साहित्यकारहरू, सामाजिक कार्यकर्ताहरूलगायत समाजको सबै क्षेत्रका अगुवाहरूलाई निमन्त्रणा पठाइएको छ ।

त्यस्तै नेकपा माओवादीका नेताहरु मोहन वैद्य, नेत्रविक्रम चन्द वैद्यलाई पनि निम्ता गरिएको छ ।

 

विशेष