स्वास्थ्य

खबरदार ! तपाईको यस्तो बानीले नपुंसक बनाउला

खबरदार ! तपाईको यस्तो बानीले नपुंसक बनाउला

खानपानमा ध्यान नदिदा आजकाल मानिसको शरीरमा अनेक किसिमका बिरामीले जन्म लिने गर्दछ । ती मध्ये नपुंसकता पनि एउटा जटिल समस्या हो ।

स्वस्थ सन्तुलित आहारको सेवन र राम्रो बानीले हरेक मानिसलाई स्वस्थ राख्न मद्दत गर्दछ । यसरी नै गलत बानी र हानीकारक वस्तुको सेवनले हाम्रो शरीरलाई घात पुर्याउँदछ ।

यो समस्या भएपछि व्यक्तिको शरीरमा ब्लड सर्कुलेसनमा पनि समस्या हुने गर्दछ । जसले गर्दा व्यक्तिको व्यक्तिगत अङ्गमा कडापना हुँदैन । यसको फलस्वरुप मानिसको प्रजनन क्षमतासँग जोडिएको समस्या देखिन थाल्छ ।

यस्ता खानेकुराले नपुंशकता बढाउने खतरा हुन्छ

१. मद्यपान र धूम्रपानको सेवनको कारण

जो महिला वा पुरुष अधिक मात्रामा धूम्रपान वा मद्यपान गर्दछन् उनीहरुलाई नपुंसकताको समस्या देख्न सकिन्छ । यसको अत्याधिक प्रयोगले महिलाको गर्भाशयमा अण्डा बन्न पनि बन्द हुन्छ र महिलाको आमा बन्ने समस्या कम हुन्छ ।

त्यस्तै पुरुषहरुले पनि यसको सेवन गर्दा शुक्रकिटको मात्रामा कमि आउने गर्दछ र ऊ पनि नपुंसकको शिकार हुन सक्छ ।

२. धेरै मात्रामा साइकल चलाउँदा

जो व्यक्ति लामो दूरी अर्थात् घण्टौं घण्टासम्म साइकल चलाउँछन, उनीहरुमा यो समस्या देखिन सक्छ । धेरै समय साइकल चलाउँदा यौन अङ्गको भाग ज्यादा मात्रा तात्तिने गर्दछ, जसले गर्दा इरेक्टाइल डिस्फेक्सन वा नीजि अङ्गमा कडापन हुँदैन । यसले मानिसलाई नपुंसक पनि बनाउन सक्छ ।

३. एस्टेरायड्सको सेवन अधिक मात्रामा गर्दा

कतिपय मानिस जिम गएपछि चाहेको जस्तो शरीर बनाउनको लागि आफ्नो इच्छालाई दबाएर एस्टेरायड्सको सेवन गर्ने गर्दछन् । यदि तपाई पनि यस्तो गर्नुहुन्छ भने यसलाई तुरुन्त बन्द गर्नुहोस् । किनकि यस्तो चीजको प्रयोगले तपाईलाई नपुंसक बनाउन सक्छ ।

४. माइक्रोवेवमा बनाएको पपकन खानाले

हुनसक्छ माइक्रोवेवमा बनाएको पपकन तपाईलाई धेरै मिठो लाग्न सक्छ । तर यसमा भएको प्रिजवेटिक्स, सोडियम र सोया प्रोटिन तपाईको स्वास्थ्यको लाति हानीकारक हुन्छ ।

ह्युमन रिप्रो डक्श्न  जर्नलमा प्रकाशित अनुसन्धान अनुसार, माइक्रोवेवमा बनेको पपकर्नको अधिक सेवन गर्नाले नपुंसकता हुने खतरा ६० प्रतिशतले बढ्छ ।

५. ज्यादा मात्रामा कफी र चियाको सेवन

कतिपय मान्छे चिया र कफिका शौखिन हुने गर्दछन् र दिनमा ४–५ पटक पनि खान तयार हुन्छन् । किनकि यसको ज्यादा सेवनले शुक्रकिट उत्पादन क्षमतामा ह्रास आउँछ जसको कारण नपुंसकता हुन सक्छ ।

६. पौष्टिक तत्वको कमिका कारण

शरीरले ठीक प्रकारले काम गर्नका लागि उचित पौष्टिक तत्वको आवश्यकता पर्छ । यदि तपाई सही प्रकारले पौष्टिक मात्राको उपयोग गर्नु हुँदैन भने तपाईको शरीरमा हानी हुने गर्दछ ।

७. गुट्खा सेवनको कारण

गुटखामा चुन, सुपारीजस्ता अरु नशादार पदार्थको प्रयोग गरिएको हुन्छ । जसले हाम्रो शरीरको एंजाइममा नराम्रो असर र्पुयाउँदछ । तसर्थ यस्ता चीजको प्रयोग गर्नुहुँदैन ।

Health

विशेष