
चैत १६ । केही दिनअघि बलिउड अभिनेत्री बिपाशा बासु गर्भवती भएको भन्ने हल्ला चलेको थियो । उक्त हल्लाबारे बिपाशा आफैँले मुख खोलेकी छिन् ।
केही समयअघि अभिनेता करण सिंह ग्रोभरसँग विवाह बन्धनमा बाँधिएकी बिपाशा अहिले आफू गर्भवती नभएको खुलाएकी छिन् । उनी भन्छिन्, ‘करण र मलाई बच्चा एकदमै मन पर्छ । तर, अहिले मेरा पति करण र म फ्री भएर घुमीरहेका छौँ । अहिलेको लागि एक्लोपन नै ठिक छ । त्यसकारण बच्चाको प्लानिङ आरामले गर्ने रहर छ ।’
यतीबेला बिपाशा अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने लाइभ इभेन्ट तयारीमा व्यस्त रहँदै आएकी छिन् ।
Bipasa Basu